समाचार

पूर्व गृहमन्त्री खाँणको बयान लिनेक्रम आज पनि जारी

२ जेठ, काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणको आज पनि बयान हुने भएको छ । उनको बयान सोमबारबाट सुरु भएको थियो । बयान लिनेक्रम बाँकी रहेकाले आज पनि बयान लिन लागिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार हिजोबाट सुरु भएको खाँणको बयान आज पनि जारी रहने छ । ‘मंगलबार पनि उहाँको बयान हुनेछ’ उनले भने ।

सो प्रकरणमा मुछिए पनि खाँणले ‘मोबाइल फरम्याट’ गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागे पछि सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।