राजनीति

राप्रपा केन्द्रीय समिति बैठकमा अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने

२ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक जारी छ ।

सोमबारबाट सुरु भएको बैठकमा आज पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनमा छलफल हुनेछ ।

यसैगरी, आजको बैठकमा अध्यक्ष लिङदेनले पेस गरेको राजनीतिक प्रतिवेदनसहित महामन्त्रीले पेस गरेको सांगाठानिक र कोषाध्यक्षले पेस गरेको आर्थिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विदेशी इशारामा चल्न थालेको आरोप लगाएका छन् ।