समाचार

समृद्धिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छः प्रधानमन्त्री

२ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले संरचनागत सुधार ल्याउने बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल राष्ट्र बैङ्कद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको समृद्धि हासिल गर्ने आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताए ।

सरकारले अनावश्यक खर्च कटौती गर्ने, सरकारको खर्च क्षमतामा सुधार गरी पुँजीगत खर्च बढाउने, उत्पादन र रोजगारी सिर्जना गर्ने क्रियाकलापमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने उनको भनाइ थियो । उनले त्यस्ता कार्यक्रमबाट आर्थिक व्रिmयाकलापमा वृद्धि भई अर्थतन्त्र सबल बन्दै जाने विश्वास लिएको बताए ।

बजेट बनाउँदा आवश्यक पर्ने सुझाव विज्ञहरूबाट प्राप्त भएपछि त्यसले मुलुकलाई विकास र समृद्धितिर डोर्याउन सहयोग पुर्याउने उनको विश्वास छ ।