समाचार

बागमतीका मुख्यमन्त्री जम्कट्टेल भन्छन् – सबै खालका भ्रष्टाचारको छनबिन हुनुपर्छ

२ जेठ, काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबै खालका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताएका छन् ।

रामेछापको मन्थलीमा मन्थली माविको नवनिर्मित तीनवटा भवनको उद्घाटन गर्ने क्रममा उनले भ्रष्टाचारको छानबिनका लागि कुनै पनि दल बाधक बन्न नहुने बताए ।

मुख्यमन्त्री जम्कट्टेलले मुलुकमा प्रहरी प्रशासन भएको अनुभूति बल्ल नागरिकलाई हुन लागेको भन्दै भ्रष्टाचार गर्ने जुनसुकै दलको भए पनि कानुनी दायरामा आउने जिकिर गरे ।

एसियाली विकास बैंकको सहयोगमा यस नमूना माविको नवनिर्मित तीनवटा भवनमा ३६ वटा कोठा रहेका छन् । खानी निर्माण सेवाले रु १५ करोड ८६ लाख ४७ हजार पाँच सय ५३ को लागतमा ती भवन निर्माण गरेको हो ।