४ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा सांसदहरुले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूची रहेको छ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने दोस्रो अधिवेशनको छैटों बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाका सदस्यहरुले सोधेको प्रश्नकाे जवाफ दिनेछन् ।
संघीय संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्नका लागि सांसदहरुले नाम टिपाइसकेका छन् ।
आजको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने उल्लेख छ ।