समाचार

बजेटपछि भारत जाँदै प्रधानमन्त्री

६ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बजेट प्रस्तुतलगत्तै भारत भ्रमणमा जाने भएका छन् ।

जेठ १५ गते बजेट प्रस्तुत गरेलगत्तै जेठको तेस्रो साता भारत भ्रमण गर्ने तयारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यसलगत्तै भारतीय सञ्चारमाध्यममा आफ्नो पहिलो भ्रमण भारतबाट हुने घोषणा गरेका थिए।

भ्रमणबारे छलफल अघि बढे पनि मितिबारे निर्णय हुन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तर प्रधानमन्त्रीले जेठ १७ गतेदेखि तीनदिने भारत भ्रमणको तयारी गरेका छन् ।