राजनीति

रबिले भन्छन्ः बजेट अधिवेशन लगत्तै हामी मैदानमा देखिनेछौ, फरक शैली र जिम्मेवार ढंगमा

६ जेठ, काठमाडौं । रास्वपाका सभापति रबि लामिछानेले उपनिर्वाचनको परिणामले हाम्रो जिम्मेवारी थपेको बताएका छन् ।
उनले भनेका छन्, ‘बीचमा हामी संगठन निर्माण र भावी योजनामा केन्द्रित रह्यौं। निति कार्यक्रम तथा बजेटले हाम्रा प्राथमिकतालाई समेटुन् भनेर केन्द्रित भयौं। हाम्रा सांसदहरू निर्वाचन क्षेत्रमा पुग्न समेत भ्याएनन्। म आफैं पनि आफ्नो निर्वाचन क्षेत्रमा पुग्न सकिन। तर पनि दैनिक सयौं नागरिक सहभागी भएर चितवनमा पानी ल्याउने कामलाई निरंतरता दिँदै हुनु हुन्छ।मैले १०० दिन समय तोकेको थिएं। आज ३० दिन पनि पुगेको छैन ।’

सभापति लामिछानेले ट्वीट गर्दै भनेका छन्, ‘जुगेडिको पानी रामनगर चौरमा आइपुगेको छ । यति चाडैं रामनगर सम्म पानी ल्याउन रातदिन नभनि खटिनुभएका सबै जना बिशेष गरि रामनगरका बासिन्दा र श्रमदान गर्नुहुने सम्पुर्ण चितवनका बासिन्दाहरुमा म बिशेष धन्यवाद प्रकट गर्दछु । आज तपाईं मैदानमा खटिदा हामी यो देशको भविष्य निर्माणमा खटिन पाएका छौं। भनेको दिन भित्र चितवनले पानी पाउछ। भनेको समयमा देशले मुहार फेर्न शुरु गर्छ। बजेट अधिवेशन लगत्तै हामी मैदानमा देखिनेछौ, फरक शैली र जिम्मेवार ढंगमा।’

उनको ट्वीटः

उपनिर्वाचनको परिणामले हाम्रो जिम्मेवारी थपेको छ। यस बीचमा हामी संगठन निर्माण र भावी योजनामा केन्द्रित रह्यौं। निति कार्यक्रम तथा बजेटले हाम्रा प्राथमिकतालाई समेटुन् भनेर केन्द्रित भयौं। हाम्रा सांसदहरू निर्वाचन क्षेत्रमा पुग्न समेत भ्याएनन्। म आफैं पनि आफ्नो निर्वाचन क्षेत्रमा पुग्न सकिन। तर पनि दैनिक सयौं नागरिक सहभागी भएर चितवनमा पानी ल्याउने कामलाई निरंतरता दिदै हुनु हुन्छ। मैले १०० दिन समय तोकेको थिएं। आज ३० दिन पनि पुगेको छैन् । जुगेडिको पानी रामनगर चौरमा आइपुगेको छ । यति चाडैं रामनगर सम्म पानी ल्याउन रातदिन नभनि खटिनुभएका सबै जना बिशेष गरि रामनगरका बासिन्दा र श्रमदान गर्नुहुने सम्पुर्ण चितवनका बासिन्दाहरुमा म बिशेष धन्यवाद प्रकट गर्दछु । आज तपाईं मैदानमा खटिदा हामी यो देशको भविष्य निर्माणमा खटिन पाएका छौं। भनेको दिन भित्र चितवनले पानी पाउँछ। भनेको समयमा देशले मुहार फेर्न शुरु गर्छ। बजेट अधिवेशन लगत्तै हामी मैदानमा देखिनेछौ, फरक शैली र जिम्मेवार ढंगमा।