राजनीति

सभापति लामिछानेको कडा प्रतिकृयाः घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ

११ जेठ, काठमाडौं । रास्वपाका सभापति रबि लामिछानेले सर्बोच्च अदालतमा मुद्धा हाल्ने कार्यको कडा रुपमा लेखेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ भन्ने कडा प्रतिकृया दिएका छन् । युवराज सफलले दिएको निबेदनको बिषयमा लामिछानेले चार वटा बुंदामा टिप्पणी गरेका छन् । उनको ४ बुंदे स्टाटसको १० घण्टामा ६० हजार लाईक कटेको छ । कमेन्टमा उनलाई समर्थन गर्नेको लाईन छ । उनले भनेका छन्ः

मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।
१. सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।
२. अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।
४. घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।