साहित्य

बिगबिगी दलालको 

-भिम रावल

दलालहरूको सर्वत्र घुसपैठ, देश भयो थिलथिलो 

रक्षकरुनै भक्षक हुने, प्रकरण झन ठूलो 

लम्पसार पर्ने पराइका सामु राष्ट्रलाई निर्चोने

निहित स्वार्थ साधना गर्ने राज्यलाई चिर्थोने ।

लुटियो धन, बेचियो जन, प्रतिष्ठा धुलो भो 

जन्म भूमिको सुरक्षा भन्दा पदपैसा ठूलोभो 

सीमित जत्था केविधी मत्ता समाजनै नदेख्ने

मनपरि तन्त्र तिनीले भूँइमा खुट्टानै नटेक्ने

चित्कार गर्छिन् नेपाली आमा छटपटाई पिडाले 

यता नी मिच्यो उटा नी थिच्यो साँडेझै छाडाले,

स्वाभिमान भन्ने मूल्यहिन भयो तिनको आखाँमा 

नाटक रचे, लुरुक्कै झुके विदेशकै भाखामा ।

अति भो अब उठौँ हैँ सबै कर्तब्य बुझेर

जोगाउन देश आँफै र समाज दृढभई जुझेर,

चुप लागि बसे स्वार्थमा फँसे अस्तित्व गैजाला

दलालको हातमा समग्र नेपाल खेलौना भैजाला ।

साँफेबगर, गोलडाँडा अछाम

जेठ १४ २०८०

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा