राजनीति

ज्ञानेन्द्र कार्कीलाई लक्षित गर्दै दुहबीका मेयर गच्छेदारले भने, ‘आयातित सांसदको षड्यन्त्रमा दुहबीको बजेट- वराहक्षेत्र भन्दा झन्डै आधा बनाइयो’

१८ जेठ, इटहरी । दुहबी नगरपालिकाका मेयर वेद गच्छदारले नेपाली काँग्रेसका सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद एवम् केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीलाई आयातित सांसदको संज्ञा दिएका छन् । 

सुनसरी जिल्ला क्षेत्र नम्बर ४ बाट गत सङ्घीय निर्वाचनमा निर्वाचित सांसद र पूर्व अर्थमन्त्री रहेका काँग्रेसका नेता ज्ञानेन्द्र कार्कीलाई आयातित सांसदको संज्ञा दिएका हुन् । 

नेपाली काँग्रेस दुहबी नगरपालिकाका नगर सभापतिसमेत रहेका मेयर गच्छदारले आफूलाई नगरपालिकाको विगतको बजेटमा समेत हेपाहा प्रवृत्तिमा सांसद कार्कीकै इशारामा घटाइएको भन्दै आक्रोशित भएका मेयर गच्छदारले विज्ञप्तिमार्फत अन्यायपूर्ण तवरले छुट्ट्याएको बजेटमा पुनः बिचार नभए काँग्रेसले केन्द्रीय तवरले गरेका कुनै पनि कार्यक्रममा नगर समिति भाग नलिने र उक्त तरिकाले कार्यक्रममा भाग नलिँदा पार्टीले कारबाही गरे त्यसको सामना गर्न आफू तयार रहेको बताए । उनले दुहबीवासीको हितका लागि आफू हदैसम्मको त्याग गर्न तयार रहेको दाबीसमेत गरेका छन् । मेयर गच्छदारले वराहक्षेत्रको भन्दा धेरै नै कम बजेट आफूहरूलाई दिएको भन्दै नेता कार्कीको साङ्केतिक रूपमा कडा आलोचना गरेका छन् । 

भोजपुरमा दुई पटक सम्म निर्वाचनमा पराजय भएर सुनसरीको क्षेत्र नम्बर ४ मा निर्वाचन लडेका कार्कीले पछिल्लो निर्वाचनसहित दुई पटक निर्वाचन जितिसकेका छन् । पछिल्लो समय सांसद कार्कीको सुनसरीका हरेक गल्ली गल्लीमा काँग्रेसकृतमा नै आलोचना बढ्न थालेको छ । विजय गच्छदार निकट मानिने मेयर गच्छदारले विज्ञप्ति नै निकालेर नेता कार्कीको विरोधमा उत्रनु सांसद कार्कीको लागि त्यति सुखद राजनीतिक भविष्य देखिन्न । 

उनको   विज्ञप्ति