पर्यटन/संस्कृति

सेनाको नेतृत्वमा सफा हिमाल अभियान, सगरमाथा को चुचुराबाट ३५ हजार ७०८ किलोग्राम फोहोर संकलन

२४ जेठ, काठमाडौं । नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसंगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र वरुचे हिमालहरूबाट फोहोर र प्लास्टिकको सरसफाई र हटाउने ूसफा हिमाल अभियान २०२३ यस वर्ष २०८० जेठ ८ गते सम्पन्न भएको छ यस वर्षको अभियानले यी हिमालहरूबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेको थियो, जुन लक्ष्य हालै पुरा भएको थियो।

यस अभियान मार्फत हिमालबाट २५ हजार ७०८ केजी फोहोर संकलन गरिएको थियो। स्थानीयवासी र स्वयंसेवकको सहयोगमा गत चैत १४ गतेबाट सुरु भएको यो अभियानबाट सगरमाथा ल्होत्से क्षेत्रवाट १२६२१ किलो फोहोर र प्लास्टिक सङ्कलन गर्न सफल भएको थियो भने अन्नपूर्णबाट २,५६७ किलो रररुबाट १८,५२० केजी गरी जम्मा गरी ३५,७०८ केजी फोहोर यी क्षेत्रबाट हटाइयो।

यस कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक, अमलान मुखर्जीले युनिलिभर नेपालले नेपालको सेवा गर्न पाउँदा गर्व महसुस गरेको र नेपाली सेनासंगको यस सहकार्यको प्रयासमा सहभागी हुन पाउँदा र दिगोपनका यी स्थायित्व पहलहरूमा धेरै अन्य समर्थकहरूको साथमा चेतना जगाउन पाउँदा कम्पनीले सम्मानित महसुस गरेको बताए।

जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने र यी महत्त्वपूर्ण चुचुराहरूको मौलिक प्रकृतिलाई जोगाउने प्रयासलाई यी अभियानहरूद्वारा बढाया दिएको छ। वातावरणमा सुधार पार्ने यस्ता प्रयासहरूलाई समर्थन र कदर गर्नुपर्दछ भन्ने युनिलिभरको विश्वास रहेको छ ।