७ असार, काठमडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन भनेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरुको नियत थाहा हुन्छ भन्दै उक्त कुरा बताएक हुन् ।
मेयर शमहले यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ भनेका छन् ।
उनले सर्बोच्च अदालतको तत्कालका लागि सिनेमा हल चल्न दिनु भन्ने आन्तरिम आदेश नमान्ने भन्दै यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन भन्ने दृढता प्रकट गरेका छन् ।
