राजनीति

नेता शाहीको कडा प्रश्नः के अदालतले यो मुलुक नेपाल नै बेचिदिने फैसला गर्यो भने हामीले मान्ने ?

७ असार, काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले हरेक फैसला मुलुकको हितमा छन् कि छैन्नन भन्ने कुरा पनि महत्वपुर्ण हो भन्ने तर्क गरेका छन् ।
राप्रपाका साँसदसमेत रहेका शाहीले अदालत आफैंमा अमुर्तरुप होईन अदालत भित्र पनि मान्छे हुन्छन् अदालतको फैसला निर्जीव कुर्सीले होईन मान्छेले गर्ने हो उक्त तर्क दिएका हुन् ।
उनले के अदालतले यो मुलुक नेपाल नै बेचिदिने फैसला गर्यो भने हामीले मान्ने ? भन्ने प्रश्नसमेत गरेका छन् ।
आज काठमाडौं महानगरका मेयर बालेन शाहले सिनेमा हल चल्न नदिने बिषयमा गरेको अदालतको फैसलाबिरुद्ध गरेको कडा प्रतिबादलाई साँकेतिक समर्थन गर्दै साँसद शाहीले सामाजिक सञ्जालमा लेखेका हुन् ।

साँसद शाहीको स्टाटस्ः अदालत आफैंमा अमुर्तरुप होईन अदालत भित्र पनि मान्छे हुन्छन् अदालतको फैसला निर्जीव कुर्सीले होईन मान्छेले गर्ने हो ।।
के अदालतले यो मुलुक नेपाल नै बेचिदिने फैसला गर्यो भने हामीले मान्ने ? हरेक फैसला मुलुकको हितमा छन् कि छैन्नन भन्ने कुरा पनि महत्वपुर्ण हो।।