विशेष

नक्कली भुटानी शरणार्थी प्रकरण : फरार तुलाधर पक्राउ

२८ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो भर्‍याङबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका तुलाधरमाथि ठगी तथा संगठित अपराध समेतको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । प्रहरीका अनुसार तुलाधरले विभिन्न प्रलोभनमा पारी जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिलाई ठगी गरेका थिए ।