प्रदेश 1

काँकडभिट्टाबाट काठमाडौँतर्फ आइरहेको बस दुर्घटना

२९ असार, काठमाडौँ। चितवनको भरतपुर महानगरपालिका वडा नं: २९ दासढुंगामा बस दुर्घटना भएको छ । दुर्घटना परि १९ जना घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस ५:२० बजे दुर्घट्ना भएको छ। बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बससमा ४० जना सवार थिए । १९ जना घाइतेहरुमध्य १० जनाका चितवनको शिक्षण अस्ताल र ८ जनाको भरतपुर सरकारीअस्पतालमा उपचार भएको छ भने १ जनालाई काठमाडौँ उपचार गराइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन् ।