प्रवास

यस्ता छन् जापानका एनआरएनए चुनावका गतिविधि

५ असार, काठमाडौँ । विदेशमा बस्ने नेपालीहरूको महत्त्वपूर्ण संस्था गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद् जापानको ११ औँ महाधिवेशन हुने भएको छ । २९ जुलाईमा हुने महाधिवेशनको चहलपहल सुरु भई सकेको छ ।  महाधिवेशनमा अध्यक्ष पदको लागि चार जना प्रत्याशी रहेका छन् । 

अध्यक्ष पदका लागि नवीन निउरे, सँगिता अधिकारी सुवेदी, रामकृष्ण श्रेष्ठ र राजकुमार अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । 

 अध्यक्षका प्रत्याशी चारै जना उम्मेदवारीले आ–आफ्नो घोषणापत्र जारी गर्दै आफ्ना एजेन्डा जनतामाझ पुर्‍याउन निरन्तर लागिपरेका छन् । 

वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका नवीन निउरे जापानमा विभिन्न पेसा तथा व्यवसाय गर्दै आइरहेका छन् । उनले गैरआवासिय नेपाली समुदायको सारथि बन्नका लागि अध्यक्ष पदको उम्मेदवारी दिएको बताएका छन् । उनले आफ्ना घोषणा पत्रमा पार्दशिता, रूपान्तरण, प्रविधीमन्त्री एनआरएनए जापान नेपाली समुदायको आफ्नो साथी बनाउने अभियान नारा बनाएका छन् । 

उनले २०११ देखी एनआरएनए अभियानमा जोडिएकोले जापानमा रहेका नेपाली समुदायले भोगेको समस्याको समाधानका लागि जापान सरकारसँग पहल गर्ने बताएका छन् । साथै उनले एनआरएनए जापालाई स्मार्ट बनाउने,  आफ्ना सेवा सुविधाहरू गैर आवासीय नेपाली समुदायमा सहयोग गर्ने बताएका छन् ।  

अध्यक्षका अर्का प्रत्याशी  संगिता अधिकारी पनि विभिन्न पेसा तथा व्यवसाय गर्दै आइरेका छन् । उनले जापानबाट नेपाल पठाइने रेमिट्यान्सलाई प्रोट्साहन, हुन्डी कारोबारलाई निरुत्साहन गर्ने, गैर आवासीय नेपालीको समस्या समाधानमा टिम निमार्ण गर्ने लगाएतको मुद्दालाई अघि सारेको छ । 

रामकृष्ण श्रेष्ठले जापानमा मिनी नेपाल र नेपालको कला संस्कृतिलाई रक्षा गर्ने बताएका छन् । यसरी विभिन्न मुद्दालाई आधार बनाएर जनतामाझमा गएका छन् ।