प्रवास

सन् १९८५ मा हराएको ११औं शताब्दिको मूर्ति बेलायतबाट फिर्ता

५ साउन, काठमाडौँ । ललितपुरको पाटनबाट हराएको प्राचीन मूर्ति बेलायतबाट नेपाल सरकारलाई फिर्ता गरिएको छ । सन् १९८५ मा हराएको ११औं शताब्दिको उक्त ‘सूर्य मूर्ति’ बेलायतले नेपाललाई यही बिहीबार फिर्ता गरेको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ ।

लण्डनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै उक्त कलाकृति ७९ सेन्टिमिटर उचाइ, १५ सेन्टिमिटर चौडाइ र ४१ किलोग्राम तौल रहेको जनाएको छ । उक्त मूर्ति बेलायती निजी संकलकले दूतावासलाई हस्तान्तरण गरेका थिए ।

उक्त मूर्ति नेपाल सरकारको पूरातत्व विभागमार्फत् यसको वास्तविक स्थानमै पठाइने पनि बताइएको छ ।