सूचना प्रविधि

रियलमी ११ प्रो सिरिज ५ जी नेपालमा सार्वजनिक

साउन ८, काठमाडौँ । रियलमीको बहु- प्रतिक्षित रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा उपलब्ध भएको छ । रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

रियलमी ११ प्रो प्लस ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँँ स्तर निर्धारण गरिदिएको छ । नयाँँ रियलमी ११ प्रो सिरिज ५जीको क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको छ ।

प्रसिद्ध ब्रान्ड गुचीका पुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जीको डिजाइन गरिएको हो ।

लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, “हामी सदैव नयाँँ मोडल ल्याउनु भन्दा अगाडि यो कुरा सुनिश्चित गर्दछौँ कि अगाडिको मोडल भन्दा अहिलेको मोडल केही न केही कुरामा लिप फर्वार्ड होस् अर्थात या त डिजाइन, या त क्यामरा, या त प्रोसेसरमा अपग्रेड होस् । हाम्रो ब्रान्डको “डेयर टु लिप“ भन्ने मान्यतामा आधारित रहेर हामी यो कोशीस गर्दछौँ कि हाम्रा नयाँँ सेटहरुले बजारमा स्मार्टफोनको गुणस्तरको मान्यतालाई अझ बढाओस्। यसै सन्दर्भमा हामीले रियलमी ११ प्रो प्लस ५ जी र रियलमी ११ प्रो ५जी नेपाली बजारमा सार्वजनिक गरेका छौँ । नयाँँ रियलमी ११ प्रो प्लस ५जी को डिजाइन र क्यामरामा व्यापक अपग्रेड गरिएको छ जसले गर्दा यो फोटोग्राफर, गेमर लगायत स्टाइलिश स्मार्टफोन बोक्न रुचाउने जो सुकैको लागि पहिलो रोजाइ बन्नेछ भन्नेमा हामी विश्वस्त छौँ । साथै अहिलेसम्म हामीलाई यसरी नयाँ–नयाँँ अपग्रेड सहित रियलमी फोनहरु बजारमा ल्याइरहन प्रेरित गर्नुहुने समस्त नेपाली उपभोक्ताहरु प्रति हार्दिक आभार पनि प्रकट गर्दछौँ ।”