सामाजिक सञ्जाल

सुन तस्करी माथिसम्मको सेटिङ, छानवीन प्रक्रिया जरोसम्म पुग्दैन : डा. भट्टराई

८ साउन, काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले डेढ क्विटेल सुन तस्करी प्रकरण माथिसम्मको सेटिंग बिना असम्भव देखिएको बताएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै अहिलेसम्मको छानवीन प्रक्रिया जरोसम्म पुग्ने खालको नलागेको बताएका छन् । “सबै घटनाक्रम हेर्दा डेढ क्विटेल सुन तस्करी प्रकरण माथिसम्मको सेटिंग बिना असम्भव देखिन्छ । तर अहिलेसम्मको छानवीन प्रक्रिया जरोसम्म पुग्ने खालको लाग्दैन”, उनले भनेका छन् ।

उनले लेखेका छन्, “सबै घटनाक्रम हेर्दा १००किलो सुन तस्करी प्रकरण माथिसम्मको सेटिंग बिना असम्भव देखिन्छ । तर अहिलेसम्मको छानवीन प्रक्रिया जरोसम्म पुग्ने खालको लाग्दैन । विगतका ३३ किलो सुन प्रकरण लगायतका नजीर पनि गतिला छैनन् । अतः यसलाई संगठित अपराधकै रूपमा लिएर उच्च स्तरीय छानवीन गरियोस्!”