गण्डकी प्रदेश

शिक्षासेवी तिमिल्सिना सम्मानित

९ साउन, गण्डकी । नेपाली भाषाको श्रीवृद्धिमा योगदान पुु¥याएवापत् कास्कीको मदरल्याण्ड माध्यमिक विद्यालयलले शिक्षासेवी गङ्गाधर तिमिल्सिनालाई सम्मान गरेको छ ।

लामो समयसम्म शिक्षण पेसामा रही नेपाली भाषा शिक्षणमार्फत विद्यार्थीमा नेपाली विषयको भाषिक ज्ञानलाई प्रभावकारी बनाउन योगदान पु¥याउनुका साथै सेवा निवृत्तपछि पनि लेखन कार्यमार्फत नेपाली भाषाको विकासमा योगदान पु¥याएको भन्दै तिमिल्सिनालाई रु १० हजार एक सय ११ र सम्मानपत्र प्रदान गरिएको हो ।

वरिष्ठ साहित्यकार सरुभक्त, साहित्यकार सरस्वती श्रेष्ठ, मदरल्याण्ड माध्यमिक विद्यालयका निर्देशक डा त्रिभुवन शर्मा, प्राचार्य नारायण बराललगायतले उनीलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । विसं १९९९ को पुसमा पोखरा महानगरपालिका–२३ चैनपुरमा जन्मनुभएका तिमिल्सिनाले झण्डै चार दशक शिक्षण पेसामा रहेका थिए । उनी २१ वर्ष पोखरा महानगरपालिका–५ को बाराही माध्यमिक विद्यालयमा प्रधानाध्यापक रहेका थिए ।