प्रदेश 1

आलोचना नसहने अपरिपक्क मेयर भन्ने समाचार लेख्ने पत्रकार सुबिनलाई मेयर कार्कीका भाइले घरमै गएर दिए ज्यान मार्ने धम्की

बराहक्षेत्र संबाददाता, १० साउन, काठमाडौं । पत्रकार सुबिन बिश्वकर्मालाई बराहक्षेत्र नगरपालीकाका मेयर रमेश कार्कीका भाई सुरज क्षेत्रीलगायतले मार्ने धम्की दिएका छन् ।
उनले आज सुर्यखबरसँग कुरा गर्दै आफुलाई आफ्नो घरमै आएर मार्ने धम्की दिएको जानकारी दिएका छन् । पत्रकार सुबिन मारिेने हो कि भनेर अहिले घरमा बसेका छैनन् । उनको बिषयमा पत्रकार महासंघलगायतले चासोको रुपमा हेरेको छ ।
नेपाली काँग्रेसको तर्फबाट पछिल्लो स्थानीय तहको निर्बाचनमा बिजय हाँशिल गर्न सफल भएका मेयर रमेश कार्कीका नजिकका भाई पर्ने सुरज घिमिरेले पत्रकार बिश्वकर्मालाई धम्की दिएका हुन् ।
पत्रकार बिश्वकर्माले मेयर कार्की अपरिपक्क र आलोचना सहन नसक्ने भन्दै एक अनलाईन पत्रिकामा समाचार लेखेका थिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले स्थानीय निर्बाचनमा अन्य सिनियर र क्षमतावान उम्मेद्वार बाबुराम बिष्ट, जिवन बिष्ट, शुसीला खनाल पौडेल, अनु गुरुगं, उपेन्द्र बहादुर कटवाल, रत्न बहादुर राउत, शुरेस श्रेष्ठ, जगत बहादुर कार्की, बुद्धि बहादुर कट्वाल, बाबुराम आचार्य, डिल्ली कार्की, नबराज बस्नेत, ओम कोईराला, नारायन नेपाल, दिपेश जंग बस्नेतलगायत हुँदै केही अगाडीमात्र भएको नगर अधिवेशनबाट नगरसभापतिमा बिजय भएका रमेश कार्कीलाई टिकट दिएका थिए ।
सुनसरीको क्षेत्र नम्बर ४ मा दोस्रोपटक बिजय हाँशिल गरिसकेका साँसद कार्कीले कार्कीबाद भित्र्याएको, गुटगत राजनीतिलाई प्रशय दिएको, बाहिरी मानिसलाई काँग्रेस स्थानीय राजनीतिमा प्रवेश गराएको, विकासका ठूला ठूला कुरा गर्ने तर काम केही नगरेको, पुराना नेतालाई काँग्रेसबाटै बिस्थापन गर्ने कार्य गरेको लगायतका आरोप खेपेका भएपनि टिकट बितरणमा क्षमतावानलाई छाडेर नयाँ काँग््रेसलाई रोजेका थिए ।
रमेश कार्कीलाई मेयरमा बिजय गराउन पुराना सबै काँग्रेसीहरु लागेर बिजय गराएपनि पछिल्लो समय मेयर कार्की गुटगत राजनीतिमा सकृय रहेको स्थानीय नेताहरुले बताउने गरेका छन् । पत्रकारलाई धम्की दिएको माचार बाहिरीएपछि मेयर कार्कीको समाचार तयार पार्दासम्म् कुनै औपचारिक प्रतिकृया आएको छैन ।