प्रदेश 1

बहुमत जुटे नयाँ सरकार गठनको दावी गर्छौं : हिक्मत कार्की

११ साउन, काठमाडौँ । कोशी प्रदेश नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नयाँ सरकार गठनको लागि आफुहरु पनि लाग्ने बताएक छन् ।

पुर्वमुख्यमन्त्री समेत रहेका कार्कीले बहुमत जुटे सरकारको दावी गर्ने बताएका छन् । उनले प्रदेश प्रमुख, सभामुख र अन्य केही दलहरुले गरेको असंवैधानिक कामलाई सर्वोच्च अदालतले गलत ठहर गरेको बताए ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्णइजलासले आज कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटीपूर्ण भएको ठहर गर्दै नियुक्ति प्रक्रिया नेपालको संविधान प्रतिकुल देखिएकाले उत्प्रेषणको आदेशले बदर गरेको हो ।