सूचना प्रविधि

क्लासिक टेकले मनायो आफ्नो चौधौं बार्षिकोत्सब

साउन १२, काठमाडौँ । देशकै अग्रणी तथा ठुलो ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले स्थापनाको चौधौं बार्षिकोत्सब मनाएको छ ।

१४ बर्षको यस व्यवसायिक यात्रामा महत्वपुर्ण योगदान पुर्याउने सम्र्पूण कर्मचारी, ग्राहक , प्राविधिक, व्यवस्थापन समुह, विभिन्न आपूर्तिकर्ता तथा सेवा प्रवाह कम्पनी, नियामक निकाय तथा यस कम्पनीलाई सहयोग, सद्भाव र मार्गदर्शन प्रदान गर्ने सम्र्पूण सरकारी, गैर–सरकारी संघसंस्था, बिषयगत निकाय, सेवा प्रदायक तथा वीत्तिय संघसंस्थाहरुलाई हार्दिक धन्यवाद प्रदान गर्दै विगत बर्षहरु झैं आगामी दिनहरुमा पनि सोही प्रकारको सहयोग, सद्भाव, मार्गनिर्देशनको अपेक्षा गरेको जनाएको छ ।

सन् २००९ मा स्थापना भई सेवा शुरु गरेको यस कम्पनीले हाल देशभरिका ७४ जिल्लाहरुमा १०० वटाभन्दा बढी आउटलेट बाट सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले ग्राहकहरुको सुविधाको लागि आफनै CDN सर्भर जडान गरिफेसबुक ,युट्युब , नेटफ्लिक्स , गूगल , अकमाई ,जस्ता सामाजिक संजालहरु मार्फत गुणस्तरीय तथा भरपर्दोसेवा प्रदान गर्ने गरेकोछ ।

कम्पनीले विराटनगर र काठमाण्डौंमा Data backup center स्थापना गरेको छ । यसले छोटो अवधिमा अत्याधिक लोकप्रिय ईन्टरनेट सेवा प्रदान गर्न सफल भएको छ ।