प्रदेश 1

कोशी : सभामुख गौतमलाई राजीनामा गराउन माओवादी-कांग्रेस सहमति नजिक

१३ साउन, काठमाडौं । सत्तारुढ दल माओवादी र नेपाली कांग्रेस कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर निकास खोज्न सहमति नजिक पुगेका छन् ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई दलका नेताबीच छलफलमा सभामुख गौतमलाई राजीनामा गर्न लगाएर नयाँ सरकार बनाउनु नै उत्तम विकल्प हुनेमा दुई दल सहमति नजिक पुगेका छन् ।

मुख्यमन्त्रीभन्दा पनि छलफलमा संख्याको बारेमा कुरा भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । मुख्यमन्त्रीको सन्दर्भमा पुन छलफल गर्ने सहमति बनेको र राप्रपासँग पनि कोशी सरकारको बारेमा छलफल गर्ने कुरा भएको महामन्त्री शर्माले जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, उप-सभापति पूर्णबहादुुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए ।