प्रदेश 1

सभामुख बाबुराम गौतमले राजीनामा दिँदै

१६ साउन, विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन् । नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सभामुख गौतमले राजीनामा दिन लागेका हुन् ।

प्रदेश प्रमुखकोमा मुख्यमन्त्री दावी गर्ने तयारीमा रहेका गठबन्धनका नेताहरु प्रदेशसभामा सभामुख गौतमको राजीनामा पर्खिरहेका छन् । सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनले सभामुख गौतमको राजीनामा गराएको हो । गौतमको राजीनामासँगै ९३ सदस्यीय प्रदेशसभामा गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत ४७ सांसद पुग्नछन् । गौतम नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

सभामुख गौतमले प्रदेशसभामा आएर उपसभामुखलाई सम्बोधन गर्दै सभामुख पदबाट राजीनामा बुझाउने र लगत्तै काँग्रेस नेता उद्धब थापालाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखकोमा दावी पेश हुने एक नेताले जानकारी दिए ।