प्रदेश 1

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाले गरे दाबी पेश

१६ साउन, विराटनगर । कोसी प्रदेशमा गठबन्धनका तर्फबाट सरकारका लागि दाबी पेस भएको छ । । मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् ।

कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी चार र जसपाका एक सांसदको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । केहि समय अगाडी मात्र सभामुख बाबुराम गौतमले बहुमत संख्या पुर्‍याउन राजीनामा दिएका थिए ।