प्रदेश 1

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

१६ साउन, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले नेता थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आज थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन छ ।