प्रदेश 1

सभामुखबाट राजीनामा दिएका बाबुराम गाैतमलाई अर्थमन्त्रीको उपहार

१७ साउन, विराटनगर । काेशी प्रदेशमा भागवण्डामा सहमति भएको छ। सहमति अनुसार सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने भएको छ ।

मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्दैछन् । सभामुखबाट मंगलबार राजीनामा दिएका माओवादी केन्द्रका बाबुराम गाैतम आर्थिक मामिला तथा याेजना मन्त्री बन्ने भएका छन्।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट कमलप्रसाद जवेगु भाैतिक पूर्वाधार र कांग्रेसबाट प्रदीप सुनुवार पर्यटनमन्त्री बन्ने भएका छन् ।