२१ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको बताएका छन् ।
जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “तिनका षड्यन्त्र परास्त गर्न राजनितिक दलले पनि सहयोग गरेर तिनलाई महाअभियोग लगाउनु पर्ने अवस्था आयो ।”
“हामीमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता थियो र आज पनि छ”, उनले अघि भने, “आज पनि लिडरसिप र पार्टीमाथि घेरावन्दी छ, जेल हाल्ने कुरा गरेका छन् अझै ।”





