राजनीति

लुम्बिनी विकास कोषको उपाध्यक्षमा लामा नियुक्त

२१ साउन, काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गरेको छ । विभिन्न अभियोगमा पटक-पटक पक्राउ पर्दै छुटेका पुर्व सभासद लामालाई मन्त्रिपरिषद बैठकले कोषको उपाध्यक्षमा नियुक्त गरेको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लामाले आज नियुक्ति पत्र बुझेका छन् । २०६६सालको झलनाथ खनाल नेतृत्व सरकारमा अर्थ राज्यमन्त्री बनेका थिए ।

लामा पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सभासद, ०७० मा माओवादी प्रवेश गरी दोस्रो संविधानसभामा पनि सभासद बनेका थिए । त्यस्तै, उनी २०५८ सालमा कांग्रेसबाट गुम्बा व्यवस्था तथा विकास समितिको अध्यक्ष बनेका थिए ।