राजनीति

सदनको गतिरोध हटाउन प्रधानमन्त्रीद्वारा शीर्ष नेतासँग छलफल

२३ साउन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा देखिएको गतिरोध हटाउन सभामुख र शीर्ष नेतासँग छलफल गरेका छन् । उनको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताको छलफल जारी छ ।

बैठकमा प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतक उपस्थित छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन बाहिरिएको सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका कारण सदनको नियमित कामकारबाही हुन पाएको छैन । सदनको अवरोध नहट्दा महत्वपूर्ण विधेयक पेस हुन सकेका छैनन् ।