राजनीति

सुन तस्करी प्रकरण : संसदमा गृहमन्त्री श्रेष्ठले जवाफ दिने

२३ साउन, काठमाडौं । राजनीतिक दलहरुका बीचमा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको छ । सभामुख देवराज घिमिरेको पहलमा बसेको सबै दलका प्रमुख सचेतक र सचेतकहरुको छलफलमा सदनलाई नियमति रुपमा चलाउने सहमति भएको हो ।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारका मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा सबै दलबाट एक-एक जना र स्वतन्त्र सांसद गरी १३ जनाले बोल्नेछन् । त्यसपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनेछन् ।