राजनीति

सुन प्रकरणमा कृष्णबहादुर, ललिता निवासमा माधव र बाबुराममाथि छानबिन गर्नुपर्छ : लामिछाने

२३ साउन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरूले आफ्नो स्वार्थका आधारमा जनप्रतिनिधिका आवाजलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै लामिछानले सुन प्रकरणको सम्बन्धमा शीर्ष नेताहरूको बैठक र छलफलले संसद्‍ खोल्ने र अवरोध हुने तय भएको भन्दै आपत्ति जनाए ।

सांसद लामिछानेले भने प्रमुख दलका शीर्ष नेताहरूबीच ‘बार्गेनिङ’का आधारमा संसद्‍ खुलाइएको आरोप लगाएका थिए । सुन प्रकरणमा माओवादीका नेता कृष्णबहादुर महरा, उनका छोरा साथै ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो ।