आर्थिक

सिटिजन्स बैंकको ‘सिटिजन्स सुपर ३०’ म्युचुअल फण्ड नेप्सेमा सूचीकृत

२३ साउन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको सिटिजन्स सुपर ३० म्युचुअल फण्ड नेपाल स्टक एकसचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमारहेको उक्त फण्डको ७ करोड ५० लाख ७२ हजार ३९० इकाईहरु मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ लगाएतका अन्य पदाधिकारीहरुको उपस्थितीमा सूचिकरण सम्बन्धी कार्यक्रम समापन भएको छ । उक्त म्युचुअल फण्ड योजनाको दोस्रो बजारमा कारोबार बुधबारदेखि गर्न सकिने छ ।