२३ साउन, काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोमा पुरिएर वेपत्ता भएका एक जना जीवित भेटिएका छन् ।
प्रहरीका अनुसार पहिरोमा पुरिएर वेपत्ता ६ मध्ये सिन्धुली हरिहरपुर गाउँपालिका-१ ककरेका १९ वर्षका पासाङ घिसिङ जीवित भेटिएको हो । पहिरोले घर बगाउँदा वेपत्ता घिसिङलाई १४ घन्टापछि घाइते अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी अक्कलबहादुर स्याङ्तानको घरमा पाहुना गएका थिए । स्याङ्तानसहित उनकी २२ वर्षीया छोरी शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी वेपत्ता रहेको प्रहरीले जनाएको छ ।





