समाचार

कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु

२४ साउन, काठमाडौं । संखुवासभाको कारागारमा झडप हुँदा आज बिहान दुई जना कैदीबन्दी मृत्यु भएका छन्।

मृत्यु हुनेमा नुवाकोटको आकाश बलामी र संखुवासभाको बिनोद तोलांगी रहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।
बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको भएका थिए । आकाश बलामी चोरी मुद्दामा तीन वर्षका लागि जेल सजाय भोगिरहेका थिए भने बिनोद तोलांगी जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजायँ काटिरहेका थिए । उनीहरु बिहान करिब दुई बजेतिर शौचालयको रड काटेर भाग्नको बाहिर निस्किएबेलामा ड्युटीमा खटिएका प्रहरीले देखेर फेरि जेलमै राखे थिए ।