राजनीति

 जङ्गली च्याउ खाएर ६ जना गम्भीर बिरामी

२४ साउन, काठमाडौँ । मकवानपुरमा जङ्गली च्याउ खाएर ६ जना गम्भीर बिरामी भएका छन् ।

राक्सिराङ गाउँपालिका २ नम्बरमाऔ डारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना गम्भीर  बिरामी भएको  वडाध्यक्ष बुद्धराम लामाले बताएका छन् ।

जङ्गली च्याउ खाएर  २७ वर्षीय राजकुमार प्रजा, २६ वर्षीय विकास चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, आमेस चेपाङ र एक पुरुष बिरामी परेको वडाध्यक्षले बताएका छन्। 

उनीहरूलाई राक्सिराङकै सरिखेत स्वास्थ्य चौकीमा प्राथमिक  उपचार गरेपछि  थप उपचारको लागि भरतपुर रेफर गरिएको छ ।