२६ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने भएका छन् ।
स्रोतका अनुसार जनमत पार्टीकी सांसद अनिता देवी साह बन्ने भएका छन् । दाहाल मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरुमध्ये एकलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी छ ।
माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना छ । माओवादीका एक नेताका अनुसार सम्भवतः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई फिर्ता बोलाउने छ ।





