मनोरञ्जन

अभिनेत्री गुरुङको कविता सङ्ग्रह

२७ साउन, काठमाडौँ । अभिनेत्री कविता गुरुङले कविता सङ्ग्रह ‘मेरो कविताको शीर्षक छ’ बजारमा ल्या । चलचित्र ‘बबी’ मा अभिनय गर्नुभएकी गुरुङले जीवनका भोगाइ र अनुभव कवितामार्फत् उतारेको बताए।

उनले भने, “म कवि, साहित्यकार होइन । आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मन लागेकाले तयार गरेकी हुँ । यसमा यथार्थ छ ।” दस कविता सङ्ग्रहित पहिलो पुस्तक सार्वजनिक गरेको बताउँदै गुरुङले अगामी दिनमा पनि कविता लेखनलाई निरन्तरता दिने जानकारी दिए। उनले गत वर्ष ‘म अनि मेरो’ नामक आत्मकथा ल्याल्याएका छन् ।

आत्मकथामा उनले ‘कलेज लाइफ’, प्रेम, अन्तरजातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई चित्रण गरेका थिए । उनले कविता सङ्ग्रहमा पनि जीवनका त्यही कालखण्डका भोगाइ प्रस्तुत गरेका छन्।