२८ साउन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्रीले दुरी बढ्दै गएका सिके राउतको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् हेरफेर गर्ने भएका हुन् ।
जनमतले पार्टीले सांसद अनिता देवी साहलाई मन्त्रीका लागि सिफारिस गरिसकेले आजै मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।
माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एक मन्त्रीलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गरी जनमत पार्टीलाई सहकारमा सहभागी गर्ने प्रधानमन्त्रीले तयारी गरेका छन् ।





