आर्थिक

सुन तस्करीमा मेरो संलग्नता प्रमाणित गरे राजीनामा दिन्छु : अर्थमन्त्री

२८ साउन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता प्रमाणित गरे पदबाट राजीनामा दिने बताएका छन् ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. महतले सुन तस्करीमा आफ्नो संलग्नताको प्रमाण ल्याउन चुनौतीसमेत दिएका छन् ।

त्यस्तै, उनले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेको भन्दै असन्तुष्टि जनाए । यदि प्रतिक्रिया दिंदै जाने हो भने धेरैका बारेमा धेरै कुरा आफूले पनि भन्न सक्ने मन्त्री महतले बताए ।

“जुन पछिल्लो घटना घट्यो पक्राउको । हुनुपर्थ्यो, पर्दैनथ्यो टाइमिङको प्रश्न छ”, उनले अघि भने । तयस्तै, उनले डा. सुनिल शर्माको नाम नलिई भने, ‘त्यसोभए जे उहाँले राख्नुभयो, त्यो उचित हो ? यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ (अर्थमन्त्री पदमा) बस्दिनँ ।’