२८ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने भएको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले जनमत पार्टीलाई सरकारमा ल्याउनका लागि उनलाई फिर्ता बोलाएका हुन् ।
यो सँगै जनमत पार्टीकी नेतृ अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका छन् ।
यसअघि पटक-पटक पर्यटनमन्त्री सुदन किराँतीलाई प्रधानमन्त्रीले हटाउने तयारी गरेको हल्ला चलेपनि अन्तिम समयमा भने मन्त्री मोदीलाई फिर्ता बोलाएको हो। मन्त्री मोदी आँफै पनि मन्त्री पदबाट राजीनामा दिने तयारीमा रहेको बताएका थिए।
उनले काम गर्नका लागि एकदमै अप्ठेरो भएको र सरुवा बढुवा नियुक्तिमै आफुले धेरै झमेला ब्यहोर्नुपरेको भन्दै मन्त्री पदबाट राजीनामा दिने बताउँदै आएका थिए।
मोदीले काम गर्ने वातावरण नभइसकेपछि मन्त्रीमा बसिरहनु उपयुक्त नलागेको भन्दै प्रधानमन्त्रीलाई आफुलाई बिदा दिनुप¥यो भन्दै ३ महिना अगाडी नै प्रस्ताव राखेको उनले बताए ।





