आर्थिक

एभरेष्ट बैंकद्वारा फोनपेसँग सहकार्य

२८ साउन, काठमाडौं । एभरेष्ट बैंक, पञ्जाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदारले नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपे सँग सहकार्य गरी नेपाली बजारमा पहिलो पटक अफलाइन डिजिटल पेमेन्ट , “FoneTAG’ ल्याएको छ ।

“FoneTAG’ एक अफलाइन भुक्तानी समाधान हो जसले इन्टरनेट जडान नभएको क्षेत्रमा वा मोबाइल डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकहरूलाई मोबाइल बैंकिङ एपबाट “एनएफसी ट्याग” वा “CPQR” कोड प्रस्तुत गरेर भुक्तानीहरू गर्न सक्षम बनाउँछ । अफलाइन कारोबारको सीमा रु 5000 प्रति कारोबार रहेको छ ।

यो सेवा एभरेष्ट बैंकका सबै ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप मार्फत प्रयोग गर्न सक्छन् । हाल, यो सेवा एनएफसी सक्षम एन्ड्रोइड स्मार्ट फोनहरूमा उपलब्ध छ । एनएफसी नभएका मोबाइल फोनमा ग्राहकहरुले CPQR कोड ९ग्राहकले प्रस्तुत गर्ने त्तच् कोड० प्रयोग गर्न सक्छन्।