राजनीति

सुन तस्करीबारे स्पष्ट पार्न महरालाई माओवादीको आग्रह

२८ साउन, काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महरालाई ९ किलो सुन भित्र्याउने समूहसँगको सम्बन्धबारे प्रष्ट पार्न आग्रह गरेको छ ।

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न आइतबार बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले महरालाई सुन तस्करीबारे प्रष्ट पार्न आग्रह गरेको एक नेताले जानकारी दिए ।

चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुल महराका निरन्तर सम्वाद भएको कल रेकर्डले देखाएको छ । सुरुमा प्राप्त प्रमाणले महराको संलग्नता नदेखेको भए पनि अहिले कल डिटेल आएकाले अब महराले यसबारे प्रष्ट पार्नुपर्ने नेताहरुको जोड छ ।