समाचार

आज पनि एमालेको अबरोधका कारण संसद बैठक अबरुद्ध, सर्यो भदौ ३ सम्मका लागि

२९ साउन, काठमाडौँ । नेकपा एमालेको अबरोधपछि आजको संसद बैठक एक हप्ताका लागि स्थगीत भएको छ ।
संसद बैठक शुरु हुनुअगावै नेकपा एमालेका साँसदहरुले नाराबाजी गरेपछि संसद बैठक भदौ ३ गतेसम्मका लागि स्थगीत भएको छ ।
१५५ किलो सुन तस्करीमा उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित नेकपा एमालेका साँसदहरुले नाराबाजी गरेका थिए ।
साउन १० गतेदेखी एमालेबाट अबरुद्ध हुँदै गएको संसद बैठक सभामुखले पटक पटक सरकार र प्रतीपक्षी दलका शीर्ष नेताको बैठक राखेर समाधान गर्ने प्रयास गरेपनि अबरोध हटेको छैन ।
एमालेले सुन काण्डका बिषयमा कडा रुपमा उच्च स्तरीय छानबिन समिति गठनको माग राखेको छ ।