समाचार

लाईन्स क्लव अफ काठमाडौं भद्रकालीमाता: बुद्धनगरमा डेंगुसम्बन्धी जनचेतना, झाडी फडानी तथा सरसफाई कार्यक्रम

३१ साउन, काठमाडौं । आज लायन्स क्लव अफ काठमाडौं भद्रकालीमाताले बानेश्वरस्थीत बुद्धनगरमा गाँजा तथा झाडी फँडानी एबम् सरसफाई तथा डेंगुसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
क्लवकी अध्यक्ष लता चन्द शाहको नेतृत्वमा दर्जनौंको उपस्थितिमा एकाबिहानैबाट गाँजा नष्ट गर्ने कार्य गरिएको हो ।
कार्यक्रममा सामुदायीक प्रहरी, काठमाडौं वडा नम्बर १० का जनप्रतिनिधिहरु सुनिता भित्रकोटी, सतिष तण्डुकार, बिभिन्न स्वयंसेवकहरु, स्थानीयहरुलगायतको उपस्थितिमा क्लवले आफ्नो कार्यक्रम सम्पन्न गरेको हो ।
क्लवले स्थापनाभएदेखी नै सामाजिक कार्यहरु गरिरहने उद्येश्य राखेको भन्दै बिभिन्न मासिक तथा बार्षिक कार्यक्रमहरु गत शुक्रबारको बैठकमा पदाधिकारी तथा सदस्यहरुका बीच राखिसकेको छ । आजको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बाबुराम आचार्य, उपाध्यक्ष हेम श्रेत्री, सचिव नविन लुईटेल, कोषाध्यक्ष दुर्गा तिवारी सदस्यहरु सुनिता भित्रकोटी, किरण शाह, दुष्यान्त राज न्यौपाने, नितेश चन्द, सुबिन राउत, राधाकृष्ण प्रजापति, खुमनाथ प्याकुरेल, रञ्जीता राईलगायत लायन्सका बरिष्पठ सदस्यहरुको उपस्थिति रहेको थियो ।
धरानलगायत देशभर डुंगुका बिरामीहरु बढ्दै गएका बेला डेंगु रोग लाग्नु भन्दा अगाडी नै सचेत हुनुपर्ने भन्दै सर्बसाधारणलाई सचेत रहन आग्रहसहित जनचेतना कार्यक्रम राखिएको अध्यक्ष चन्दले जानकारी दिईन् ।