३१ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन गायब गर्न खोजेको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले सिनामंगलबाट बरामद भएको सुन १ क्विन्टलबाट ६१ केजीमा कसरी झर्यो भन्दै ओलीले प्रश्न गरेका छन् । उच्चस्तरीय छानबिन आयोग नबनाउनुको मक्सद यही रहेको ओइले आरोप लगाए ।
एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था-समस्या र समाधान’ विषयक छलफलमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
उनले अघि भने, “आयोग बन्न नदिँदा एक सय केजी सुन ६१ केजीमा झर्यो । त्यसैले यो आयोग बन्न दिइएको छैन ।” त्यस्तै, उनले अहिले विमानस्थलबाट दैन्निक रुपमा सुन बगिरहेको बताए ।





