समाचार

समाजवादी मोर्चाको बैठक आलोकनगरमा  जारी 

४ भदौ, काठमाडौँ । समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्दै छ । मोर्चाको बैठक आइतबार रोकिए पछि सो बैठक आज  बसेको हो ।

 बैठकमा मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने र  समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । 

माओवादी केन्द्रसहित चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा भए पश्चात् करिव तीन महिना पछि बसेको यो दोस्रो बैठक  हो । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा दल  मिलेर समाजवादी मोर्चाको गठन भएको हो ।