अन्तर्राष्ट्रिय

राष्ट्रपति सी र रामाफोसाद्वारा नयाँ युगमा द्विपक्षीय रणनीतिक साझेदारीको विकासमा जोड

५ साउन, एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका दक्षिण अफ्रिकी समकक्षी सिरिल रामाफोसाले नयाँ युगमा चीन-दक्षिण अफ्रिकाको व्यापक रणनीतिक साझेदारीको बृहत्तर विकासमा जोड दिएका छन् ।

मङ्गलबार भएको वार्ताका क्रममा राष्ट्रपति सीले दुवै पक्षलाई उच्चस्तरीय पारस्परिक विश्वासको रणनीतिक साझेदार बन्न आह्वान गर्दै आपसी मित्रता साँचो कुरा भएको बताएका छन् ।

दुवै देशको साझा प्रगतिका लागि चीन र दक्षिण अफ्रिका पनि विकासको साझेदार हुनुपर्ने र पारस्परिक लाभ र जीतको नतिजा चीन-दक्षिण अफ्रिका सहयोगको आधार रहेको सीको धारणा छ ।

चिनियाँ नेताले दुवै देशलाई गहिरो आपसी समझदारी र सद्भावनाका मित्रवत् साझेदारका साथै न्यायको रक्षा गर्ने विश्वव्यापी साझेदार बन्न पनि आग्रह गरेका छन् ।