अन्तर्राष्ट्रिय

खडेरीका कारण २ लाख ५० हजार श्रीलङ्कालीहरू पिउँने पानीको अभावमा

५ भदौं, एजेन्सी । खडेरीका कारण करिब २५०,००० श्रीलङ्कालीहरूले पिउने पानीको अभाव भोगिरहेका छन् । श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले मङ्गलबार यस बारे सार्वजनिक जानकारी गराएको छ ।

डीएमसीले आफ्नो पछिल्लो प्रतिवेदनमा देशको उत्तरी र पूर्वी प्रान्तहरू खाने पानीको समस्याले सबैभन्दा बढी प्रभावित क्षेत्र भएको बताएको छ।

यसअघि श्रीलङ्काको राष्ट्रिय पानी आपूर्ति र ड्रेनेज बोर्डले शुद्ध पिउने पानी आपूर्ति गर्ने क्षमता ९ प्रतिशतमा झरेकोले जनतालाई पानी कम प्रयोग गर्न आग्रह समेत गरेको थियो। मौसम विज्ञान विभागले असोजसम्म खासै वर्षा नहुने जनाएको छ ।